साँझ परेपछि तीन दर्जन उडान रद्ध

साँझ परेपछि तीन दर्जन उडान रद्ध

आज अपरान्हपछि उत्पन्न मौसम परिवर्तनका कारण आन्तरिक वायुसेवाका उडान प्रभावित भएका छन् । खराब मौसम भन्दै दिउँसो बुद्ध एअरका केही उडान प्रभावित भए पनि साँझ परेपछि अरु विमान सेवाका उडान पनि रद्ध भएको बताइएको छ ।

खराब मौसमका कारण आज बुद्ध एयरका २५ उडान रोकिएका छन् । जसमा पोखराका ५, भैरहवा ४, विराटनगर ३, नेपालगञ्ज ३, भरतपुर २, सिमरा २, भद्रपुर २, जनकपुर १, सुर्खेत १, धनगढी १ उडान हुन् ।    

यति एयरका विराटनगर ३ र पोखरा, सिमरा, भैरहवा तथा जनकपुरका एक एक उडान गरी सात उडान आजलाई रोकिएको जनाइएको छ । त्यसैगरी सौर्य एयरका विराटनगर र भद्रपुरका एक एक तथा श्री एअरलाइन्सको विराटनगर एक उडान गरी ३५ उडान रद्ध भएका हुन् ।

टिप्पणीहरू