पूर्वराजाका संवाद सचिवद्वारा अझै "बक्स्यो"

पूर्वराजाका संवाद सचिवद्वारा अझै "बक्स्यो"

भारतको उत्तर प्रदेश भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह हिजो अयोध्यास्थित राम मन्दिर पुग्नुभएको छ । पूर्वरानी कोमलसहित शाहले त्यहाँ भगवान रामको दर्शन गर्नुभएको बताइएको छ । 

तर शाहका संवाद सचिवले जारी गरेको सूचनामा डेढ दशकअघि पदच्यूत भएका शाह दम्पतिलाई श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानी सरकार उल्लेख छ । 

एक सातादेखि पूर्व राजा, पूर्व रानीसहित परिवारका सदस्यहरु लखनउमा छन् । नेपालगञ्जमा कट्टर हिन्दू धर्मावलम्बीहरुले आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी भएर पूर्व राजा र परिवारका सदस्यहरु अघिल्लो शनिबार स्थलमार्ग हुँदै त्यता गएका थिए ।

टिप्पणीहरू