उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको वार्तालाप

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको वार्तालाप

राजनीतिक भेटघाटमा सँधै व्यस्त रहने नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गर्नुभएको छ ।

मन्त्री भेट्न राजदूत दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुग्नुभएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानीलगायत विविध विषयमा विचारविमर्श भएको जनाइएको छ । 

त्यसक्रममा मन्त्री रिजालले नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूतको पूर्णसहयोगको अपेक्षा गरेको जनाउँदै लगानी वातावरण बनाउन सरकार सदैव तयार रहेको स्पष्ट पारेको बताइएको छ ।

टिप्पणीहरू