सांसद चन्द्र भण्डारीको उपचार मुम्बईपछि काठमाडौंमा गर्ने तयारी

सांसद चन्द्र भण्डारीको उपचार मुम्बईपछि काठमाडौंमा गर्ने तयारी

नेपाली काँग्रेसका नेता तथा गुल्मी १ का सांसद चन्द्र भण्डारी स्वास्थ्यमा सुधार आएपछि आज स्वदेश फर्कन लागेका छन् । भण्डारी दिउँसो ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

गत फागुन २ गते राति उनको निवासमा भएको ग्यास विस्फोट र आगलागीमा गम्भीर घाइते भण्डारीलाई चार्टर उडानमा मुम्बइएको नेसनल बर्न अस्पताल पुर्याइएको थियो । साढे दुई महिनाको उपचारपछि आज दिउँसो नेपाल वायुसेवा निगमको उडानमा उनी काठमाडौं आउन लागेका हुन् । 

भारतीय चिकित्सकहरुले आगमी उपचार नेपालमा गर्न सकिने सल्लाह दिएपछि काठमाडौं ल्याउन लागिएको बताइएको छ । यसअघि प्रारम्भिक उपचार गरिएको कीर्तिपुरस्थित बर्न अस्पातलमा नै सांसद भण्डारीको थप र नियमित उपचार हुनेछ ।

टिप्पणीहरू