बैतडीमा बाख्रालाई खोप

बैतडीमा बाख्रालाई खोप

बैतडीमा बाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको छ । झण्डै ८० हजार बाख्रालाई पिपिआर खोप लगाइएको बताइएको छ । 

जिल्लाका १० वटै स्थानीय तहका बाख्रालाई खोप लगाइएको छ । दुई महिनामा ८० हजार खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन, बैतडीका प्रमुख गुमानीदत्त पन्तले पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको जानकारी दिए ।

बैतडीमा झण्डै डेढ लाख बाख्रा पालन गरिएको अनुमान गरिएको छ ।

टिप्पणीहरू