कोरोना संक्रमित एक जना बिते, १११ थपिए

कोरोना संक्रमित एक जना बिते, १११ थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

उक्त अवधिमा एक सय ११ जनामा कोरोना संक्रमण भएको छ । २५ सय १७ जनाको नमूना परीक्षणको क्रममा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । 

आज थपिएकासहित हाल सक्रिय संक्रमितको संख्या ३ सय ७८ जना पुगेको छ । तीमध्ये एक जना भेन्टिलेटर, छ जना आईसीयु र १८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा ६० जना निको समेत भएका छन् ।
 

टिप्पणीहरू