अस्ति र आजको बैठक स्थगित गरिएकोमा एमाले क्रुद्ध

अस्ति र आजको बैठक स्थगित गरिएकोमा एमाले क्रुद्ध

आज तीन ठूला दल नेपाली काँग्रेस, एमाले र नेकप माओवादी केन्द्रको बैठक बोलाएर प्रधानमन्त्री आफैँ अनुपस्थित भएपछि एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ९ बजे बैठक बोलाएर प्रधानमन्त्रीले नआउने सूचना अन्तिम क्षणमा दिनुभएको बताइएको छ । 

अस्ति १ गते र आज बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा दुबैजना अनुपस्थित हुने सूचना दिएपछि एमालेका शीर्ष नेताहरुले आपत्ति जनाएका हुन् । उक्त बैठकले संसदमा पेश भएका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक, संसदीय सुनुवाई समिति नियमावलीलगायत विषयमा आवश्यक निर्णय गर्ने बताइएको थियो ।

अस्ति र आजको बैठक स्थगित भएपछि एमालेले सत्तारुढ दलका नेताहरु सामूहिक छलफलबाट भागेको आरोप लगाएको छ । यसअघि सोही विषयमा छलफल गर्न चैत २८ गते सभामुख घिमिरेले पहल गर्दै आफनो निवासमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता गराउनुभएको थियो ।

सोही बैठकमा उहाँहरुबीच सत्यनिरुपणसम्बन्धी विधेयकलाई सकेसम्म सहमतिमा पारित गराउने प्रारम्भिक सहमति भएको बताइएको थियो ।

टिप्पणीहरू