रास्वपाका थ्री इडियट्स

रास्वपाका थ्री इडियट्स

अहिले देशको तीन क्षेत्रमा उपचुनाव हुँदै छ । अरु पार्टीका उम्मेदवार त उस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भने चर्चालायक छन् । वास्तवमा रास्वपाले नमूना नमूनाकै उम्मेदवारहरू खोजेर ल्याएको देखिन्छ । भूतपूर्व टिभी कार्यक्रम प्रस्तोता, भूतपूर्व प्रहरी र भूतपूर्व कांग्रेसी । सबै ठाउँमा भूतपूर्वहरूको अभूतपूर्व उम्मेदवारी छ । यी तीन अभूतपूर्व उम्मेदवारलाई नेपाली भर्जनको थ्री इडियट्स भन्दा पनि हुन्छ होला । 
त्यसो त रास्वपा आफै पनि एउटा अभूतपूर्व पार्टी हो । डाक्टर, इञ्जिनीयर, पत्रकार, प्रहरी, वकिल, विद्यार्थी, शिक्षक...यस्तै पेशागत व्यक्तिहरू मिलेर यो पार्टी बनेको छ । यसमा राजनीतिज्ञबाहेक बाँकी सबै क्षेत्रका मानिस छन् । राजनीतिक पार्टी त हो, तर राजनीतिज्ञ छैनन् ।
तर, अहिले हुन लागेको जो चुनाव छ, त्यो साधारण चुनाव भने होइन । चुनाव हुने तीन क्षेत्र छन् । एउटा राष्ट्रपतिको क्षेत्र, एउटा उपराष्ट्रपतिको क्षेत्र र एउटा उपप्रधानमन्त्रीको क्षेत्र । सानोतिनो क्षेत्र होइन । त्यसैले अहिले हुन लागेको चुनाव वास्तवमा उपचुनाव भए पनि पर्यवेक्षकहरु यसलाई महाचुनाव भन्न रुचाउँछन् । एक क्षेत्रमा रास्वपाका अध्यक्ष । एक क्षेत्रमा जसपाका अध्यक्ष । एक क्षेत्रमा सुशासन पार्टीका अध्यक्ष । अध्यक्षै अध्यक्षहरू भिडिरहेको चुनावलाई सानो चुनाव त भन्नै भएन । यो उपचुनावमा जो जिते पनि भविष्यमा उपप्रधानमन्त्री बन्ने हैसियत सहितका । 
 

टिप्पणीहरू