अमेरिकी पूर्व राष्ट्रपतिले अश्लिल फिल्मकी नायिकालाई यौन सम्बन्धपछि सवा लाख डलर दिएको खुलासा

अमेरिकी पूर्व राष्ट्रपतिले अश्लिल फिल्मकी नायिकालाई यौन सम्बन्धपछि सवा लाख डलर दिएको खुलासा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अश्लिल फिल्म खेल्ने नायिका (पोर्न स्टार) लाई यौन सम्बन्ध कायम गरेपछि गोप्यरुपमा रकम दिएको आरोप लागेको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले तत्कालीन पोर्न स्टार स्टर्मी ड्यानियललाई रकम दिएको अभियोग लागेको छ । 

पूर्व पोर्न स्टार ड्यानियलले ट्रम्पसँग अनैतिक सम्बन्ध रहेको दाबी गरेकी छन् । उनले  त्यतिबेला ट्रम्पले चुप लागेर बस्न आफूलाई पैसा दिएको उल्लेख गरेकी छन् । कथित अफेयरमा उनलाई गुपचुप रहन ट्रम्पले अमेरिकी डलर एक लाख ३० हजार दिएको भन्ने विषयमा ट्रम्पमाथि अभियोग लागेको छ । तर ट्रम्पले उक्त अभियोग अस्वीकार गरेका छन् ।

ट्रम्पका वकिलले आरोप लागेको पुष्टि गर्दै अदालतमा प्रतिवाद गरिने बताएका छन् ।

टिप्पणीहरू