प्रधानमन्त्री दाहाल शिवपुरीबाट सोझै कमलादी, त्यसपछि क्याबिनेट बैठकमा

प्रधानमन्त्री दाहाल शिवपुरीबाट सोझै कमलादी, त्यसपछि क्याबिनेट बैठकमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिवपुरीबाट सिंहदरबार पुग्नुभएको छ । उहाँ बिहान ११ बजे नेपाली सेनाको कार्यक्रममा सहभागी हुन शिवपुरीस्थित तालिम केन्द्र जानुभएको बताइएको छ ।

उहाँ सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा पुग्नुभएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जमा सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज छ । 

आजै दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट बैठक बोलाइएको छ । त्यसअघि उहाँ दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक लोकार्पणमा सहभागी हुनुभएको छ ।

कमलादीबाट उहाँ मन्त्रिपरिषद बैठकमा सहभागी हुन सिंहदरबार पुग्ने कार्यक्रम छ । क्याबिनेट अपरान्ह ४ बजे डाकिएको छ ।

टिप्पणीहरू