काँग्रेसका विद्यार्थीले क्याम्पस चिफको कुर्सी घिसार्दै बाहिर ल्याए

काँग्रेसका विद्यार्थीले क्याम्पस चिफको कुर्सी घिसार्दै बाहिर ल्याए

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिचन्द क्याम्पसका प्रमुखको कुर्सी कार्यालय बाहिर ल्याएको छ । स्ववियु निर्वाचनमा क्याम्पस प्रमुख डा. सुनिल अधिकारीको भूमिकाप्रति असन्तुष्ट रहेका काँग्रेसी विद्यार्थीहरुले त्यसको सांकेतिक विरोधस्वरूप यस्तो गरेका हुन् । 

क्याम्पस प्रमुखको कुर्सीमा ढोका बाहिर झुन्ड्याइने नेमप्लेट राखेर विद्यार्थीहरुले त्यहाँ ‘निर्वाचन अधिकृत खोई’, ’क्याम्पस प्रमुख खोई’ लेखिएका प्लेकार्ड टाँसेका छन् । त्यसक्रममा क्याम्पस चिफ, सहायक क्याम्पस चिफ र निर्वाचन संयोजकको कार्यकक्षमा समेत तोडफोड भएको बताइएको छ ।

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता विवेक बानियाँ, एसमान विष्ट, सुदर्शन पनेरुलगायत तीन दर्जनभन्दा बढीको समूहले क्याम्पसको गेटअगाडि ब्यानर समेत टाँसेर विरोध प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू