कमल थापाका प्रवक्ता राप्रपामा फिर्ता

कमल थापाका प्रवक्ता राप्रपामा फिर्ता

कमल थापा नेतृत्वको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । राप्रपाले आज पार्टी कार्यालय,धुम्बाराहीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सुरेशलगायत डेढ दर्जन व्यक्तिले अन्य पार्टी छाडेको जानकारी दिइएको छ ।

राप्रपा प्रवेश गर्नेमा सन्देश रम्तेल, बाँकेका शिवबहादुर शाही, काठमाडौंका कविन्द्र थापा, कैलालीका रविन्द्रकुमार मल्ल र सञ्जय मल्ल,सिन्धुलीका नवीन बस्नेत,काठमाडौंका रामकुमार गिरी र सुरज राउत छन् । 

त्यसैगरी सिन्धुपाल्चोकका नवीन भट्टराई,काठमाडौंका मनिष आचार्य र रोशनकुमार बोहोरा,समीर सुवेदी, तिलककुमार ठोटीले पनि राप्रपा रोजेका छन् । दैलेखका युवराज शाही,बाराका सुवास देवकोटा र काठमाडौंका ओम अर्याल पनि आजैदेखि राप्रपामा प्रवेश गरेका छन् ।

टिप्पणीहरू