नवनिर्वाचित राष्ट्रपतिद्वारा काँग्रेसको सबै जिम्मेवारीलाई ‘पत्रम पुष्पम’

नवनिर्वाचित राष्ट्रपतिद्वारा काँग्रेसको सबै जिम्मेवारीलाई ‘पत्रम पुष्पम’

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहण र पदीय जिम्मेवारी लिनु २४ घण्टा अगाडि उहाँले आफूलाई पार्टी  राजनीतिबाट अलग्गिएको घोषणा गर्नुभएको छ ।

काँग्रेस वरिष्ठ नेतासमेत रहनुभएका पौडेलले केन्द्रीय कार्यालय सानेपामा आज राजीनामा बुझाउनुभएको हो । उहाँले आजदेखि यसरी काँग्रेससँगको ६३ वर्षे आबध्दतालाई पूर्ण विराम लगानुभएको छ ।

टिप्पणीहरू