नेविसंघमा चर्कियो विवाद,केन्द्रीय कार्यालयमा तालाबन्दी

नेविसंघमा चर्कियो विवाद,केन्द्रीय कार्यालयमा तालाबन्दी

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आन्तरिक विवाद चुलिएको छ । स्ववियु निर्वाचनमा उम्मेदवार उठाउने विषयलाई लिएर भइरहेको विवादले ठूलै रुप लिँदा नेविसंघको केन्द्रीय कार्यालयमा तीन वटा ताला लगाइएको छ । 

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनको मर्यादाविपरीत तालमेल गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन् । उनले अराजक गुटको खेती गरेको, टिकट वितरणमा मनोमानी गरेको आरोपसमेत लगाइएको छ । 

काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपालाई बोधार्थ दिँदै निकालिएको विज्ञप्तिमा भनिएको छ,‘संगठनको मर्यादाविपरीत तालमेल गरेको, अराजक गुटको खेती गरेको, टिकट वितरणमा मनोमानी गरेको हुँदा अध्यक्ष शेर्पालाई तत्काल अपदस्च गरियोस् ।’

नेविसंघमा विगतदेखि नै संस्थापन र इतर पक्षबीच विवाद रहँदै आएको छ । नेविसंघभित्रको असन्तुष्टिका कारण नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारीसमेत परेको छ ।

टिप्पणीहरू