सिरहा क्याम्पसमा पुनः निर्वाचन, भोलि मनोनयन

सिरहा क्याम्पसमा पुनः निर्वाचन, भोलि मनोनयन

सिरहाको श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि भोलि मनोनयन पत्र दर्ता गरिने भएको छ । निर्वाचन समितिले निर्वाचनको पुनः तालिका प्रकाशित गर्दै भोलि बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने जानकारी दिएको हो । 

तालिकाअनुसार भोलि दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यस्तै, ३ देखि ४ बजेसम्म उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने अन्तिम समय तोकिएको छ । साँढे ४ बजे दाबी विरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने,साँढे ५ बजेभित्र नाम फिर्ता लिने र ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम तय भएको छ । 

विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण हिजो उम्मेदवारी दर्ता हुन नसकेपछि आज नयाँ तालिका सार्वजनिक गरिएको हो । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि बिहान ८ देखि दिँउसो ४ बजेसम्म मतदान हुँदैछ ।
 

टिप्पणीहरू