मकवानपुरमा एमाले, समाजवादी र विप्लवको संयुक्त प्यानल

मकवानपुरमा एमाले, समाजवादी र विप्लवको संयुक्त प्यानल

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेको अनेरास्ववियु, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले एउटै प्यानल बनाएर अघि बढ्ने सहमति गरेका छन् । 

उनीहरुले मकवानपुरका वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) सहित जिल्लाका ८ वटै क्याम्पसमा संयुक्त प्यानलमा निर्वाचन लड्ने नीतिबमोजिम आजै उम्मेदवारी समेत दर्ता गराएका थिए । 

आफ्ना पार्टीका माथिल्लो कमिटीका नेताहरुको समेत हस्ताक्षर गरी आज साँझ जारी गरिएको विज्ञप्तिमा वामपन्थी र अग्रगामी पक्षधर विद्यार्थीहरुको हकहितका लागि संयुक्त प्यानल बनाएर चुनावमा होमिएको उल्लेख छ । एमाले जिल्ला कमिटी मकवानपुर उपसचिव हिदम लामा, समाजवादीका उपसचिव तथा विद्यार्थी इञ्चार्ज किशोर टण्डन र विप्लव नेतृत्वको माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज वाटर लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा उनीहरुका विद्यार्थी संगठनहरु अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन मैनाली, अनेरास्वियूका अध्यक्ष अरुण बर्ताैला र अनेरास्ववियु क्रान्तिकारीका सूर्य सीले पनि हस्ताक्षर गरेका छन् । 

‘देशको आवश्यकता वाम एकता हो, केन्द्रका शीर्ष नेताहरुबीचको इगोको असर राजनीतिमा भविष्य बोकेका युवा र विद्यार्थीहरुमा देखिनुहुन्न’, एमाले उपसचिव हिदम लामाले जन आस्थासँग भन्नुभयो, ‘माक्र्सवादी र क्रान्तिकारी विचारलाई जीवित राख्नका लागि पश्चगामीहरुसँग धेरैबेर लहसिनु पनि घातक नै हो भन्ने बुझाउन चाहिरहेका छौं ।

टिप्पणीहरू