अष्टलक्ष्मीलाई कहिले २ महिने मुख्यमन्त्री,कहिले नजित्ने उपराष्ट्रपति

अष्टलक्ष्मीलाई कहिले २ महिने मुख्यमन्त्री,कहिले नजित्ने उपराष्ट्रपति

एमालेले आगामी उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ । सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई नजित्ने चुनावमा उठाउने निर्णय गरेको हो । गठबन्धन मजबुत भएको बेला अन्तिममा हार्ने पदका निम्ति मात्रै सुवास नेम्वाङ झैं जनजातिका  उपाध्यक्षहरुलाई  उम्मेदवारी दिलाउने गरिएको भनी काठमाण्डौको नेवार कार्यकर्ता पंक्ति असन्तुष्ट हुन थालेको छ ।

यसअघि उहाँलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा केही समय चर्चा गरिएको थियो । छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री बन्नुभएकी शाक्य नेपाली वाम तथा महिला आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ ।

टिप्पणीहरू