नामका खातिर कोशीमा आज राँके जुलुस,भोलि प्रदेश हड्ताल

नामका खातिर कोशीमा आज राँके जुलुस,भोलि प्रदेश हड्ताल

तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा विरोध जनाउँदै आज प्रदेशभर राँके जुलुस निकाल्न लागिएको छ । प्रदेशको नाम षड्यन्त्रपूर्वक राखिएको भन्दै भोलि प्रदेशभर आमहड्ताल गर्न लागिएको बताइएको छ ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार चैत ५ गते आइतबार विराटनगरमा जनप्रदर्शन गरिनेछ । 

यसअघि हिजो शुक्रबार प्रदेशभर कालो झण्डा गाडेर कोणसभा गरिएको थियो । कतिपय स्थानीय तहलगायत कार्यालयमा तालाबन्दीसमेत गरिएको आयोजकहरुको दाबी छ ।
यसक्रममा कोशी प्रदेश नाममा मत हालेका सांसदहरुलाई प्रतिकार गरिएको,वडासम्म संघर्ष समिति विस्तार गरिएको, पर्चा वितरण र भित्ते लेखन गरिएको र समाजका विभिन्न तह, तप्का,पेशा र व्यवसायीसँग समन्वयात्मक बैठक राखिएको भनिएको छ ।

टिप्पणीहरू