नवनिर्वाचित राष्ट्रपतिलाई भ्याईनभ्याई, बिहान पशुपति साँझ स्वयम्भू

नवनिर्वाचित राष्ट्रपतिलाई भ्याईनभ्याई, बिहान पशुपति साँझ स्वयम्भू

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल देवीदेवताको दर्शनमा व्यस्त हुनुभएको छ । 

हिजो साँझ राष्ट्रपति निर्वाचित हुनुभएका उहाँले २४ घण्टाको अवधिमा पशुपतिनाथ र स्वयम्भूको दर्शन गर्नुभएको छ । आजै विपी संग्रहालय पुगेर विपीको शालिकमा फूलमाला चढाउनु भएको हो । 

सोमबार शपथ र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको नवनिर्वाचित राष्ट्रपति पौडेलले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको थियो । परिवारसहित बिहानै पशुपति पुग्नुभएका उहाँ त्यसपछि काँग्रेसले आदर्श मान्ने विपी कोइरालाको शालिकमा फूलमाला चढाउन गोकर्णेश्वर जानुभयो । 

त्यहाँबाट फर्केर उहाँ साँझ स्वयम्भू पुग्नुभएको हो । साँझ ६ बजे पौडेल स्वयम्भु जानुभएको बताइएको छ ।

टिप्पणीहरू