सभामुख र उपसभामुख एकै पटक मुलुक बाहिर

सभामुख र उपसभामुख एकै पटक मुलुक बाहिर

प्रतिनिधि सभाका सभामुख र उपसभामुख एकै पटक विदेश यात्रामा जानुभएको छ । सभामुख देवराज घिमिरे आज बिहान बहराइनतर्फ र उपसभामुख इन्दिरा राना पनि राति साढे २ बजे अमेरिकातर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

सभामुख घिमिरे बहराइनमा हुने अन्तर व्यवस्थापिका संघको एक सय ४६औँ बैठकमा भाग लिन जानुभएको हो । उपसभामुख राना गैरसरकारी संस्थाहरुको सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको जानकारी दिइएको छ ।

सभामुख घिमिरेको कार्यक्रम आगामी बुधबारसम्म हुनेछ । उपसभामुख राना चैत ३ गते शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम सोमबार गरिँदैछ । कार्यक्रममा निवर्तमान राष्ट्रपति, बहालरत उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष उपस्थित हुनुहुनेछ ।

टिप्पणीहरू