घाइते डल्फिनलाई ११ महिनाको सघन उपचारपछि समुद्रमा छाडियो

चीनमा घाइते डल्फिनको उद्धारपछि ११ महिनाको सघन उपचार गरिएको छ । दक्षिण चीनको हाइनान प्रान्तमा डल्फिनको उपचार गरिएको बताइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार गत वर्षको अप्रिलमा हिन्द–प्रशान्त महासागरको ‘बोटल नेक’ क्षेत्रबाट घाइते डल्फिनको उद्धार गरिएको थियो ।

त्यसपछि त्यहाँको तान्चौ शहरमा रहेको मेरिन बायोलोजिकल रिसर्च केन्द्रमा राखेको डल्फिनको उपचार थालिएको थियो । झण्डै एक वर्षसम्म निरन्तरको उपचारपछि डल्फिन तन्दुरुस्त भएको जानकारी दिइएको छ । गत बुधबार उक्त डल्फिनलाई पुनः समुद्रमा छाडिएको हो ।

भिडियो : सिन्ह्वा

टिप्पणीहरू