जहरसिंह पौवा पुगेर आएपछि प्रधान सेनापति बालुवाटारमा

जहरसिंह पौवा पुगेर आएपछि प्रधान सेनापति बालुवाटारमा

प्रधान सेनापति प्रभुराम शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको छ । उहाँले केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको बताइन्छ । 

प्रधान सेनापति शर्मा आजै बिहान हेलिकोप्टरमा काठमाडौंको जहरसिंह पौवा पुगेर भूतपूर्व प्रधान सेनापतिको प्रतिमा अनावरण गर्नुभएको थियो । भूतपूर्व प्रधान सेनापति बडाबीर शिवराम सिंह बस्न्यातको पूर्णकदको प्रतिमा आज त्यहाँ अनावरण गरिएको हो ।

टिप्पणीहरू