गण्डकीमा चालु अधिवेशनको अन्त्य

गण्डकीमा चालु अधिवेशनको अन्त्य

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेश सरकार ढल्ने चर्चा चलिरहेको बेला गण्डकी प्रदेशमा चालु अधिवेशन रोकिएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि चालु अधिवेशनको अन्त्य हुने जानकारी गराएका छन् । ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गबाट प्रदेश सभाको चालु अधिवेशन सम्बत् २०७९ साल फागुन १८ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू