राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न काँग्रेस बैठक

नेपाली काँग्रेस संसदीय दल कार्य समितिको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास चप्पल कारखानामा बसिरहेको बैठकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार चयन गर्नेलगायत एजेण्डा रहेको बताइएको छ । संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत झण्डै एक दर्जनको उपस्थिति रहेको बताइएको छ । 

बिहान ९ बजे बोलाइएको बैठक पौने १० शुरु भएको हो ।

टिप्पणीहरू