बीपीमा बिरामीको कुरुवा बस्न धरौटी राख्नुपर्ने

बीपीमा बिरामीको कुरुवा बस्न धरौटी राख्नुपर्ने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी कुरुवाका लागि पनि धरौटी जम्मा गर्नुपर्ने नियम बनाएको छ ।  प्रतिष्ठानले हिजोदेखि लागू हुनेगरी सो नियम सञ्चालनमा ल्याएको हो । 

अस्पतालमा भर्ना भएर वार्डमा राखिएका बिरामीका आफन्तले अब पाँच सय रुपैयाँ धरौटी राखेर मात्र कुरुवा बस्न पाउने छन् । अनावश्यक भिडभाडका कारण इमर्जेन्सी जस्तो संवेदनशील स्थानमा समेत समस्या परेपछि यस्तो नियम बनाउनुपरेको प्रतिष्ठानको भनाई छ । 

‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरुसँग आउने कुरुवाहरुको इमर्जेन्सीभित्र अनावश्यक भिडभाड हुँदा इमर्जेन्सी जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एंव प्रभावकारी सेवा प्रवाहमा असर हुने हुँदा यही माघ १५ गतेदेखि लागूहुने गरी कुरुवा पास लिएका कुरुवाहरुलाई मात्र इमर्जेन्सीभित्र प्रवेश गर्न दिइने छ,’ अस्पतालको सूचनामा भनिएको छ । 

प्रतिष्ठानले पाँच सय धरौटीबापत एक जना बिरामीले मात्र कुरुवा पास प्राप्त गर्न सक्ने बताउँदै बिरामी डिस्चार्ज वा वार्डमा ट्रान्सफर भएपश्चात् जारी भएको वार्ड नं. को कुरुवा पास फिर्ता भएमा उक्त धरौटी रकम पनि फिर्ता हुने जानकारी गराएको छ ।
 

टिप्पणीहरू