काँग्रेसले माघभरि अन्तर्घाती खोज्ने

काँग्रेसले माघभरि अन्तर्घाती खोज्ने

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले गत निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न यसअघि तोकिएको माघ १५ को समयसीमा बढाएको छ । केन्द्रीय अनुशासन समितिले प्रदेश र जिल्ला समितिहरुको आग्रहमा समयावधि बढाएर माघ मसान्तसम्म पुर्याएको हो । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेका उजुरी लिन र आवश्यक छानविनपछि केन्द्रीय अनुशासन समितिमा पठाउन तत्ला कमिटीलाई जिम्मा दिएको छ । कांग्रेसको विधानमा प्रदेश एवं जिल्ला अनुशासन समितिले त्यस्ता उजुरीमाथि प्रारम्भिक छानविन गरी केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । 

त्यसका लागि केन्द्रीय अनुशासन समितिले प्रदेश एवं जिल्ला अनुशासन समितिलाई माघ १५ सम्मको समय दिएर पत्राचार गरेको थियो । तर,उक्त समय पर्याप्त नभएको भनी समय थप्न आग्रहसहितको सिफारिस प्राप्त भएकाले पछिल्लो निर्णय लिएको केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

टिप्पणीहरू