भारतीय राजदूत बालुवाटार,भाजपा सांसद नयाँ दिल्ली वापस

भारतीय राजदूत बालुवाटार,भाजपा सांसद नयाँ दिल्ली वापस

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । राजदूूत श्रीवास्तव हिजो साँझ ७ बजेको हाराहारीमा बालुवाटार प्रवेश गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँग झण्डै एक घण्टा कुराकानी गरेर राजदूत श्रीवास्तव बाहिरिनुभएको बताइएको छ । उहाँ अस्ति सर्वोच्च अदालतको आदेशसङ्गै उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट रवि लामिछानेको पदमुक्तिपछि उत्पन्न परिस्थिति र आगामी राष्ट्रपति निर्वाचनबारे विशेषगरी माओवादी धारणाको जानकारी लिन बालुवाटार जानुभएको अनुमान गरिएको छ ।


यता नेपाल भ्रमणमा रहेका भारतीय जनता दल (संयुक्त) का लोकसभा सदस्य सुनिलकुमार पिन्टु हिजो स्वदेश फर्केका छन् । उनी भिस्तारा एयरलाईन्सको उडान नम्बर युके १५६ बाट साँझ नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

टिप्पणीहरू