नर्भिकमा मिर्गौला प्रत्यारोपण सफल

नर्भिकमा मिर्गौला प्रत्यारोपण सफल

नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । हस्पिटलले हालै दुई जनाको मिर्गौला प्रत्यारोपणमा सफलता प्राप्त गरेको जनाएको छ । 

नर्भिकले आज दिएको जानकारीअनुसार यो सँगै अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा औपचारिक रुपमा प्रारम्भ भएको छ । अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका दुबैजना पुरुष हुन् । तीमध्ये ६६ वर्षकालाई उनकी ५५ वर्षकी श्रीमतीले र ५४ वर्षका पुरुषलाई ३० वर्षकी छोरीले मिर्गौैला दिएकी हुन् ।

अस्पतालले उक्त सफल प्रत्यारोपण कार्य चिकित्सकद्वय डा. राजेश वर्मा र डा. आर.के. अग्रवालको टोलीले गरेको जनाइएको छ । छिट्टै अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि शुरु गर्ने भएको छ । यसको निम्ति आवश्यक प्रक्रिया र अनुमति लिन थालिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू