एमसीसी रोक्न जनताले बाटो छेके

काठमाडौँको शंखरापुर-३ का स्थानीयले त्यहाँ निर्माणाधीन विध्युत प्रशारण लाइन (सबस्टेशन) अन्यत्र सार्न माग राख्दै आन्दोलन गरेका छन् । एमसीसी परियोजनाअन्तर्गत १९२ रोपनी क्षेत्रफलमा निर्माण भैरहेको अपर तामाकोशी विध्युत प्रशारण लाइनको सबस्टेशन त्यहाँबाट स्थानान्तरणको माग गर्दै स्थानीयले आन्दोलन गरेका हुन् । 

आज नेपाल विध्युत प्राधिकरणका कर्मचारी सो स्थानमा पुग्दा स्थानीयले चर्को नारावाजीसहित निर्माण रोक्न माग गरेका छन् । स्थानीयकै मागअनुसार बाटो सर्भेका लागि पुगेको प्राधिकरणको टोलीलाई वडाध्यक्ष सूर्यबहादुर तामाङसहितका स्थानीयले अवरोध गरेको बताइएको छ । 

सो क्रममा उनीहरुले 'एमसीसी चाहिंदैन', 'स्थानीयको जग्गा अतिक्रमण गर्न पाइँदैन', 'प्रहरी दमन मूर्दावाद',  'प्रहरी फिर्ता गर', 'मानव अधिकार हनन गर्न पाइँदैन', 'राज्य आतंक बन्द गर', 'सबस्टेशन तुरुन्त स्तानान्तरण गर' जस्ता नारा लगाएका थिए ।

टिप्पणीहरू