राजाका हक्की सञ्चारमन्त्रीको अन्तिम बिदाइ

राजाका हक्की सञ्चारमन्त्रीको अन्तिम बिदाइ

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका सञ्चारमन्त्री श्रीष समशेर राणाको निधन भएको छ । सञ्चारमन्त्री भएको १८ वर्षपछि राणा हिजो बितेका हुन् । प्रष्ट ढंगले आफ्ना कुरा राख्ने हक्की स्वभावका राणा स्वयम् लेखक तथा स्तम्भकार समेत थिए । निधनपछि राणालाई धेरै जनाले प्रष्ट व्यक्तिको रुपमा चित्रण गर्दै सामाजिक सञ्जालमा श्रध्दाञ्जलीसमेत अर्पण गरेका छन् ।

तीन वर्षअघि श्रीष समशेरले एउटा टेलिभिजन अन्तरर्वार्तामार्फत लिपुलेक,सगरमाथालगायत विषयमा नेपालको सार्वभौम अधिकारबारे बोलेका थिए । भारतले नेपालका ती भूभागबारे व्यक्त गरेको दोहोरो धारणाले उसको परराष्ट्र नीति असफल भएको उनको दाबी थियो । 

लिपुलेक र लिम्पियाधुराको बारेमा स्वयम् नेपाली राजनीतिक दलका नेताहरुले चर्का कुरा गरेपनि ती भूभागलाई कसरी व्यवहारिक रुपमा आफ्नो सिमानाभित्र ल्याउने भन्ने निचोड अहिलेसम्म निकाल्न नसकिएको उनको दावी थियो । भारतीय विस्तारवादी नीति र दबाब २०४७ सालपछि नेपालमा ह्वात्तै बढेको उनी हाकाहाकी बताउने गर्थे  ।

टिप्पणीहरू