भक्तपुर नगरपालिकाले रगतको पैसा नलिने

भक्तपुर नगरपालिकाले रगतको पैसा नलिने

भक्तपुर नगरपालिकाले आफ्नो नगरबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसंग समन्वय गरेर नगरपालिकाले सित्तैमा रगत दिने व्यवस्था मिलाएको हो । 

शल्यक्रिया गर्नुपर्ने बिरामीले भक्तपुर क्षेत्रभित्रका अस्पतालमा निःशुल्क रगत पाउने नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले जानकारी दिए । हालसम्म दुई जनाले यो सुविधा लिइसकेको उनको भनाइ छ । भक्तपुरबासीलाई रगतका लागि कुनै समय नहोस् भनेर यो व्यवस्था मिलाइएको उनी बताउँछन् । 

‘भक्तपुरबासीले भक्तपुरको जुनै पनि अस्पतालमा यो सुविधा पाउनुहुनेछ । अहिलेसम्म दुई जनाले यो सुविधा लिइसक्नुभएको छ’, उनले भने ।

टिप्पणीहरू