लोमसको पारासिटामोल बजारबाट फिर्ता गर्न निर्देशन

लोमसको पारासिटामोल बजारबाट फिर्ता गर्न निर्देशन

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिले उत्पादन गरेको पारासिटामोलको ब्रिकीवितरणमा रोक लगाउँदै बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ । 

उक्त कम्पनीले उत्पादन गरेको पाराहिम (पारासिटामोल इन्फ्रयुजन आईपी) कम गुणस्तरको पाइएको विभागले जनाएको छ । ‘विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षण गर्दा उत्पादकबाट उत्पादित तपसिलको ब्याज नम्बरको इन्फ्रयुजन औषधि न्यून गुणस्तर भएको पाइएकोले तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ,’ जारी सूचनामा उल्लेख छ । 

विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सो औषधिको बिक्रीवितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित कम्पनी तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको हो । साथै, उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग समेत नगर्न विभागले सचेत गराएको छ ।

टिप्पणीहरू