घरेलु हिंसा किन बढ्दैछ नेपाली महिलामाथि ?

घरेलु हिंसा किन बढ्दैछ नेपाली महिलामाथि  ?

हाम्रो समाजमा चेलीबेटीको उमेर नै नपुगी विवाह गर्ने चलन छ । खासगरी मधेशी समुदायमा यो प्रवृत्ति धेरै छ । अहिले पनि तराईतिर धेरैले छोरीको १५ देखि १८ वर्षकै उमेरमा विवाह गराउँछन् । बढ्दो उमेरमा विवाह गर्दा दाइजो धेरै दिनुपर्ने,समयमै विवाह नगरे अनेक चियो र चर्चो गर्नेजस्ता रुढीवादी सोच र परम्पराबाट बच्न पनि चेलीबेटीको उमेर नै नपुगी कलिलो उमेरमा जबरजस्ती विवाह गराइएको हुनुपर्छ ।

सानै उमेरमा विवाह गरेपछि महिलाहरु घरेलु हिंसादेखि अन्य हिंसाको शिकार हुन पुग्ने गरेको विभिन्न नतिजाले देखाएको छ । शिक्षा,स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा आफ्नो पहुँच नपुगेका कलिला चेलीबेटीहरु आफ्नै श्रीमान र घर परिवारको थिचोमिचो सहन बाध्य हुने गरेका छन् । कतिपय सम्बन्धमा दाइजोको निहुँमा बुहारीमाथि कुटपिट गरिने,मानसिक दबाब दिइने र घरबाट निकाल्नेसमेत गरिन्छ । 

लैंगिक हिंसाविरुध्द विभिन्न संघ संस्थाले पछिल्लो समय १६ दिने अभियान चलाए । तर पनि यसले प्रभावकारी रुप लिन सकेको देखिएन । उल्टै दिन,प्रतिदिन महिलाहरु हिंसामा परिरहेका खबर बाहिरिएका छन् । कोही आफ्नै श्रीमानबाट पीडित भएका छन् त कोही घर परिवारबाटै । 

केही दिनअघि मात्र सार्वजनिक भएको नेहा चौधरीको घटनाले मुलुकभर तरंग छायो । महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ निवासी नेहाको उक्त दुःखद घटना सार्वजनिक भएपछि अहिले पूरै नेपाली समाजको आँखा एक हदसम्म खोलिएको बताइन्छ ।

मधेश प्रदेशमा जबरजस्ती करणी ९३,जबरजस्ती करणी उद्योग २७,बहुविवाह ३७,बालविवाह १, बोक्सीको आरोप १५,अवैध गर्भपतन ६,बालयौन दुरुपयोग २७,मानव बेचबिखन १,घरेलुहिंसा एक हजार चार सय ५२ वटा भएका छन् । 
 

तीन वर्षको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेर करोडौँको दाइजो दिँदासमेत श्रीमान् डा. पंकज चौधरीले पटक पटक दाइजोको निहुँमा शारीरिक तथा मानसिक यातना दिएपछि नेहाले अदालत गुहारेकी हुन् । 

अदालतमा मुध्दा परेसँगै पंकजको जागिर मात्र गएन उनी अहिले प्रहरी हिरासतमा छन् । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता घटना समाजमा थुप्रै भइरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो समय लैंगिक हिंसामा पर्नेको संख्या ह्वात्तै बढेको छ । 

प्रदेश नम्बर १ मा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जबरजस्ती करणीका एक सय ७१ वटा घटना भएका छन् । त्यस्तै, जबरजस्ती करणी उद्योग ३६, बहुविवाह ४५,बालविवाह ३, बोक्सीको आरोप २,बालयौन दुराचार २७,घरेलु हिंसा चार सय ५४ वटा भेटिएका हुन् ।

त्यसैगरी मधेश प्रदेशमा जबरजस्ती करणी ९३,जबरजस्ती करणी उद्योग २७,बहुविवाह ३७,बालविवाह १, बोक्सीको आरोप १५,अवैध गर्भपतन ६,बालयौन दुरुपयोग २७,मानव बेचबिखन १,घरेलुहिंसा एक हजार चार सय ५२ वटा भएका छन् । 

सामाजिक सञ्जालमा महिला हिंसा नगरौँ,महिलाको सम्मान् गरौँ भनेर त लेख्छन् तर उनीहरुले आफ्नै घरमा श्रीमतीमाथि हिंसा गरेको समाचार सुनिन्छ । सरकारी निकायले साँच्चिकै तवरले नियमित अनुगमन नगरेसम्म, महिलाहरु आफूमाथि भएको अन्याय र अत्याचारविरुध्द नबोलेसम्म महिला हिंसा नियन्त्रण हुन सक्दैन ।’

सोही अवधिमा बाग्मती प्रदेशमा जबरजस्ती करणी ८१,जबरजस्ती करणी उद्योग २७,बहुविवाह २७, बोक्सीको आरोप १,बालयौन दुराचार १८ र घरेलुहिंसा पाँच सय १७ वटा रहेका छन् । गण्डकी प्रदेशमा जबरजस्ती करणी ६६, जबरजस्ती करणी उद्योग १३, बहुविवाह १९, बालविवाह १, अवैध गर्भपतन १, बालयौन दुरुपयोग ८, घरेलु हिंसा चार सय २८ वटा पाइएको छ ।

उता,लुम्बिनी प्रदेशमा पनि उक्त अवधिमा जबरजस्ती करणी एक सय २३,जबरजस्ती करणी उद्योग ३६, बहुविवाह ३५,बालविवाह २,जातीय छुवाछुत १,बालयौन दुरुपयोग १८ र घरेलुहिंसा नौ सय ५० वटा भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा जबरजस्ती करणी ८१, जबरजस्ती करणी उद्योग १७, बहुविवाह २३, बालविवाह ६, अवैध गर्भपतन १, बालयौन दुरुपयोग २, मानव बेचविखन १ र घरेलु हिंसाका दुई सय ३३ वटा घटना दर्ता भएको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी ७२, जबरजस्ती करणी उद्योग २३, बहुविवाह २४, बालविवाह १, अवैध गर्भपतन १,जातीय छुवाछुत २, बालयौन दुरुपयोग ७ र घरेलुहिंसा तीन सय ५९ वटा भएको छ । 

राजधानी काठमाडौं उपत्यकामा मात्रै जबरजस्ती करणी एक सय ६, जबरजस्ती करणी उद्योग १५, बहुविवाह २८, बालविवाह १, अवैध गर्भपतन १, बालयौन दुरुपयोग १८ र घरेलु हिंसाका नौ सय ७६ ओटा घटना प्रहरीमा दर्ता भएका हुन् ।
 
राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले पछिल्लो समय महिलाहिंसा बढ्दो क्रममा रहेको जानकारी दिइन् । उनले भनिन्, ‘लैंगिक हिंसाविरुध्द वर्षमा १६ दिन मात्र अभियान नचलाई वर्षेभरि अभियान चलाएमा मात्र यसले प्रभावकारी रुप लिन सक्छ ।’ 
 
त्यस्तै,मानव अधिकारकर्मी एवम् महिला अधिकारकर्मी जस्मिन ओझाले पनि पछिल्लो समय महिलाहिंसा बढ्दो क्रममा रहेको बताइन् । उनले भनिन्,‘महिलाहिंसा पहिले पनि हुन्थ्यो तर मिडियाका कारण यो पछिल्लो समय ह्वात्तै बाहिर निस्कन थाल्यो ।’

 सरकारी निकायहरुले अनुगमन गर्नुपर्ने ठाउँमा ध्यान नपुर्याउँदा महिला हिंसा बढेको उनको भनाइ छ । ‘जतिसुकै शिक्षित परिवार भए पनि वा महिला बाहिरी रुपमा जतिसुकै ठूलो पदमा रहे पनि उसले घरको भान्सादेखि बालबच्चा सबै सम्हाल्नुपर्ने अवस्था एकातिर छ,’ उनले भनिन् ।’

प्रायः महिला पीडामा परेका समाचार बाहिर आउँदा यसले पुरुषमा झन् महिलालाई यातना,पीडा दिने हौसला मिलेको हो कि भन्ने विश्लेषण उनको छ । उनले भनिन्, ‘मानिसहरु सामाजिक सञ्जालमा महिला हिंसा नगरौँ,महिलाको सम्मान् गरौँ भनेर त लेख्छन् तर उनीहरुले आफ्नै घरमा श्रीमतीमाथि हिंसा गरेको समाचार सुनिन्छ । सरकारी निकायले साँच्चिकै तवरले नियमित अनुगमन नगरेसम्म, महिलाहरु आफूमाथि भएको अन्याय र अत्याचारविरुध्द नबोलेसम्म महिला हिंसा नियन्त्रण हुन सक्दैन ।’

लैंगिक हिंसाविरुध्द वर्षौदेखि १६ दिने अभियान चलाइए पनि यसबाट समाजमा खासै परिवर्तन आउन नसकेको उनको पनि बुझाइ छ ।

टिप्पणीहरू