भारतीय राजदूत ओली निवासमा, उपराष्ट्रपति भेट्न प्रचण्ड लैनचौरमा

भारतीय राजदूत ओली निवासमा, उपराष्ट्रपति भेट्न प्रचण्ड लैनचौरमा

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएसँगै नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । चुनावी परिणाम कुनै एउटा दलको पक्षमा नआएर मिलिजुली सरकार गठन हुने निश्चित भएकाले घरेलु तथा बाह्य शक्ति केन्द्रहरुको दौडधुप बढेको हो । 

यसैबीच आज बिहान भारतीय राजदूत नविन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । नेपाली राजनीतिमा प्रत्यक्ष चासो राख्दै विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिरहेका राजदूत श्रीवास्तव एकाबिहानै ओली भेट्न बालकोट पुगेका हुन् । सचिवालय बैठक रोकेर ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको बताइएको छ । 

यता,सरकारको नेतृत्व दावी गर्दै आएको माओवादी केन्द्रले पनि विभिन्न पक्षीय छलफललाई तीब्रता दिएको छ । आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेट्नुभएको छ । बिहान सवा १० बजे लैनचौर पुगेका अध्यक्ष प्रचण्ड पौने १२ बजे त्यहाँबाट बाहिरिएको स्रोतले जनाएको छ ।

टिप्पणीहरू