उनै अध्यक्ष अन्सारी दुबईबाट आए,जर्साब र अरु कहाँबाट ओर्लिए ?

उनै अध्यक्ष अन्सारी दुबईबाट आए,जर्साब र अरु कहाँबाट ओर्लिए ?

पछिल्लो समय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको दुबई यात्रा ह्वात्तै बढेको छ । दुबईमा त्यस्तो आधिकारिक कारोबार केही नदेखिएता पनि उनी लगातार आउजाउ गरिरहेका छन् । अध्यक्ष अन्सारी आज बिहान मात्रै दुबईबाट आइपुगेका हुन् । 

दुबईसंग देखिने त्यस्तो कुनै नाता नभएपनि उनी किन त्यतातिर लागिरहेका छन् त ? प्रश्न खडा भएको छ । न उनले दुबईबाट लगानी नै नेपाल भित्राएका छन् । अध्यक्ष अन्सारी विवादित व्यक्ति हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम आयोगको अध्यक्ष बनाएका उनले संवैधानिक पदको नाजायज फाइदा उठाउँदै आएको आरोप छ ।

उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएका थिए । अध्यक्ष अन्सारीले योजनाबद्ध रुपमा भगाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेरै छाड्यो । 

विमानस्थलको अध्यागमन विभागले अभियुक्त रिजवान आलमको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’ मा रहेको खुलेको थियो । पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाएका थिए । 

त्यस्तै, गत स्थानीय तहको चुनावमा उनीमाथि पैसा बाँडेको आरोप लागेको थियो । जनकपुर उप–महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा रहेका उनले मतदाता प्रभावित पार्न पैसा बाँडेको बताइन्छ । 

यता,प्रधान सेनापतिपछिका ३ तारे जर्नेल सरोजप्रताप राणा पनि बंगलादेशबाट फर्किएका छन् । आज दिउँसो उनी विमान बंगलादेशको जहाजबाट आएका हुन् । त्यस्तै,नेपाल,माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फरिस ह्याडेड जेर्बोस पनि नेपाल आइपुगेका छन् । 

नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव पनि काठमाडौं ओर्लिएका छन् । नेपालको चुनावी परिणाम र आगामी सरकारको परिदृश्यबारे जानकारी गराउन अस्ति भारत गएका उनी भिस्तारा एयरको उडानबाट केही बेरअघि मात्र काठमाडौं आइपुगेका हुन् ।

टिप्पणीहरू