रेशम चौधरीका बा १३६ मतले विजयी

रेशम चौधरीका बा १३६ मतले विजयी

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम नतिजा आएको छ । त्यहाँबाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । 

चौधरीले २६ हजार ५२० मत प्राप्त गरेका छन् । उनले गठबन्धनका उम्मेदवार सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन् ।

पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका छन् । तेस्रोमा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याएको जानकारी दिइएको छ । 

विजयी लालवीर हाल जेलमा रहेका रेशम चौधरीका पिता हुन् । रेशम कैलालीको टिकापुरमा भएको सामूहिक हत्या अभियोगमा जेल परेका थिए । उनकी श्रीमती र अर्का एक जना उम्मेदवार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलालीमा विजयी भइसकेका छन् ।

टिप्पणीहरू