एमालेको असन्तुष्टिले धादिङमा गठबन्धनका मदुकुमार विजयी

एमालेको असन्तुष्टिले धादिङमा गठबन्धनका मदुकुमार विजयी madhav

-शंकर श्रेष्ठ
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् । प्रत्यासी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यलाई एक हजार दुई सय ९४ मतले पछि पार्दै विजयी भएका हुन् ।

विजयी श्रेष्ठले १७ हजार आठ सय ३२ मत पाएका छन् भने प्रत्यासी आचार्यले १६ हजार पाँच सय अठ्तिस मत पाएका छन् । यो प्रदेशमा ४४ हजार ६ सय १२ मत खसेको थियो । एक लाख ७३ हजार एक सय ५७ मतदाता थिए ।

नेकपा माओवादी,नेकपा एकीकृत समाजवादीको दरिलो साथ पाएका कांग्रेसका श्रेष्ठले एमाले एक्लै बनेको क्षेत्रमा विजय हासिल गरेको हो । एमालेलाई आफ्नै पार्टीभित्रबाट अन्तरघात भएको छ । अहिले देखिएको मतान्तरलाई हेरेर विश्लेषण गर्ने हो भने एमालेबाट रुष्ट बनेर स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेलको साथ आचार्यलाई थियो भने आचार्यले चुनाव जित्न सक्ने थिए ।

टिप्पणीहरू