रुकुम पूर्वमा काँग्रेसका धनबहादुर विजयी

रुकुम पूर्वमा काँग्रेसका धनबहादुर विजयी

रुकुम पूर्वको प्रदेशसभा (२) मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका धनबहादुर केसी विजयी भएका छन् । उनले चार हजार ८६२ मत ल्याएका हुन् । 

दुई हजार ६१८ मतले स्वतन्त्र उम्मदेवार नरहरि खड्कालाई पछि पार्दै केसीले जीत हासिल गरेको बताइन्छ । 

स्वतन्त्र उम्मेदवार खड्काले दुई हजार २४४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका भावना बिसीले एक हजार ८६३, अर्का स्वतन्त्र उम्मेदवार केशव रावलले ८४०, राप्रपाका केशवचन्द्र समालले २६६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भइसकेका छन् ।

टिप्पणीहरू