ताप्लेजुङमा योगेश भट्टराई झिनो मतले पछाडि

ताप्लेजुङमा योगेश भट्टराई झिनो मतले पछाडि

ताप्लेजुङमा एमाले सचिव तथा उम्मेदवार योगेश भट्टराई झिनो मतान्तरले पछाडि परेका छन् । उनले १८ हजार ५८५ मत प्राप्त गरेका छन् । 

प्राप्त पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले १८ हजार ९१२ मत प्राप्त गरेका छन् । 

हिजो अपरान्हबाट मतगणना शुरु हुँदा सबैभन्दा पहिले केही मतले भट्टराई अगाडि देखिएका थिए । तर हिजै साँझदेखि खेलप्रसादले भट्टराईलाई अघि बढ्न दिएका छैनन् ।

टिप्पणीहरू