प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीद्वारा निराहार ब्रतको घोषणा

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीद्वारा निराहार ब्रतको घोषणा

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल निराहार ब्रत बसेका छन् । 

भिडियो सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताको नाममा ब्रत बसेको बताएका हुन् । ढकालले आजदेखि पर्सि साँझसम्म केही नखाने घोषणा गरेका छन् । 

‘आज र भोलि मौनअवधि भयो । पर्सि चुनावको दिन । यो तीन दिन हजुरहरुको नाममा निराहार फलफूल, खाना केही नखाएर ब्रत बस्छु’, उनले भनेका छन्, ‘ममा केही ऊर्जा होला, लक्ष्य होला, त्यसै भोकै बस्ने प्रण लिएको होइन ।’

साथै, उनले ब्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको दाबी गरेका छन् । यसबारे आफूले अध्ययन अनुसन्धान गरेको उल्लेख गर्दै उनले नबुझिकन टिकाटिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू