प्रदर्शन हिंसात्मक बनेपछि इराकी प्रधानमन्त्री राजीनामा दिने मुडमा

प्रदर्शन हिंसात्मक बनेपछि इराकी प्रधानमन्त्री राजीनामा दिने मुडमा

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीले आन्दोलनका कारण देशमा राजनीतिक जटिलता कायम रहने हो भने राजीनामा दिने बताएका छन् । आन्दोलनकारीले प्रदर्शनलाई हिंसात्मक बनाएसँगै सरकारी मुख्यालयमा प्रवेशसमेत गरेका थिए ।

प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि प्रधानमन्त्री अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक नै स्थगित गरेका छन् ।

सिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेसङ्गै इराकमा हिंसात्मक आन्दोलन भड्किएको हो । हिंसामा परी कम्तीमा २३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने अल–सद्रका समर्थकहरूले सुरक्षा बलमाथि गोली र रकेट प्रहार गरेका छन् ।

टिप्पणीहरू