रिसोर्टमा बम बिस्फोटपछि राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक माग

रिसोर्टमा बम बिस्फोटपछि राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक माग

इराकले आफ्नो उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा बम बिस्फोटपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेको छ ।

इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ ।’

आक्रमणमा नौ सर्वसाधारणको मृत्यु भएको बताइएको छ । टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको इराकको आरोप छ ।

तर अंकाराले इराकको आरोपलाई अस्वीकार गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू