रनिल विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

रनिल विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेले आज पदको शपथ लिएका छन् । राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश जयन्थ जयसूर्याले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरूको सहभागिता थियो ।

विक्रमासिंघे यसअघि छ पटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् । २२५ सदस्यीय श्रीलङ्काली संसदमा उनको पार्टीको तर्फबाट उनी मात्रै सांसद छन् ।

नयाँ राष्ट्रपति विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासनमन्त्री दिनेश गुणवर्देनालाई मिलीजुली सरकारको प्रधानमन्त्री आग्रह गर्न सक्ने अनुमान गरिएको छ । उनले संकट व्यवस्थापन र मिलीजुली सरकार गठनको प्रयास गरिरहेको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू