‘ज्यान जोगाउन खोज्दा पोखरीमा लड्नुभो, धकेलेको होइन’ : डीएसपी के.सी

‘ज्यान जोगाउन खोज्दा पोखरीमा लड्नुभो, धकेलेको होइन’ : डीएसपी के.सी

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीच हिजो विवाद भयो । विवादले चरमरुप लिन थालेपछि प्रहरी बोलाइयो । तर, विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न पुगेका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर के.सीले एक वडाध्यक्षलाई धक्का दिएर पौडी पोखरीमा पुर्याइदिए । नेकपा एमालेबाट वडा नम्बर ४ मा निर्वाचित क्षेत्रीलाई केसीले धकेलिदिएपछि प्रहरीको आलोचना हुन थालेको छ ।

वडाध्यक्ष क्षेत्रीले पनि आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिँदै आएका छन् । उनले आफूलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही हुनुपर्ने बताए । डिएसपीले वडाध्यक्षलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए ।

यता, डीएसपी ठगबहादुर के.सीले आफ्नो बचाउ गर्दै सामान्य घटनालाई युटुबर र अनलाइन मिडियाहरुले ठूलो बनाएको बताए । भने ‘हामीलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सुरक्षार्थ बोलाइएको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई सुरक्षा दिएर मैले ल्याएको हुँ । यतिकैमा हामीलाई तान्ने प्रयास भयो । सोही क्रममा चिप्लिएर वडाध्यक्ष क्षेत्री लड्नुभो, धकेलेको होइन ।’

‘घरमा हिंड्दा डुल्दा त चिप्लिएर लडिन्छ,त्यहाँ त हुलदंगा नै भएको थियो । भीडभाडमा चिप्लनु सामान्य कुरा हो । उहाँ पोखरीको डिलतिर हुनुहुन्थ्यो । लडेर उठेपछि पनि हामीमाथि आक्रमण गर्न छाड्नुभएन । भिडियोमा प्रष्ट देख्न सकिन्छ’ के.सीले भने । यसो त मैलै उहाँसँग कुरा गरिसकेको छु ।

टिप्पणीहरू