बेपत्ता तारा एअरको जहाजमा को को सवार थिए ?

बेपत्ता तारा एअरको जहाजमा को को सवार थिए ?

तारा एयरको पोखराबाट जोमसोम उडेको बेपत्ता जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा रहेका छन् ।

यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएको विमानस्थलले बताएको छ ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । भारतीय ४ र जर्मन नागरिक २ जना रहेको उक्त जहाजका यात्रु र क्रु मेम्बरहरुको विवरण निम्नानुसार छ :

टिप्पणीहरू