रामले ल्याएको पैसाको बिटो सीमामा च्याप्पै

रामले ल्याएको पैसाको बिटो सीमामा च्याप्पै

भारतबाट ल्याइएको शंकास्पद नगदसहित एक जना सीमानाका नजिकै समातिएका छन् । स्रोत नखुलेको साढे नौ लाख नगदसहित भारतीय नागरिक वीरगञ्जमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुलका ४२ वर्षीय सञ्जय राम हुन् । शंकास्पद रकमसहित उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रकम फेला परेको हो ।

टिप्पणीहरू