काठमाडाैंमा आजदेखि खोप लगाउन पाइने

काठमाडाैंमा आजदेखि खोप लगाउन पाइने

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजदेखि खोप कार्यक्रम सञ्चालन गरिएको छ । पर्सि शनिबारसम्मका लागि कोभिड–१९ विरुद्धको मोडर्ना र फाइजर खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

पहिलो र दोस्रो मात्राको खोप लगाएको तीन महिना पूरा गरेका १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई बुस्टर मात्रा र छुटेका सबैलाई पहिलो र दोस्रो मात्रा मोडर्ना खोप दिइनेछ । त्यस्तै, १२ देखि १७ वर्ष उमेर समूहलाई पहिलो र दोस्रो मात्राको फाईजर वा मोडर्ना दिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

दोस्रो र बुस्टर खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्ड र पहिलो खोपको निम्ति उमेर खुल्ने कागजातको आधारमा लगाउन सकिने बताइएको छ ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ । महानगरले स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरेको छ ।

टिप्पणीहरू