नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टर तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवामा संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले बैंकका सबै शाखाबाट विशेष छुटको लाभ उठाउन सक्ने बताइएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजँर अधिकृत कबिन्द्रप्रसाद श्रेष्ठ र संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । संघले आफ्नो स्थापनाकालदेखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको बैंकले जनाएको छ ।

३८ वर्षदेखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म १५० शाखा, १८७ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्ट छन् ।

टिप्पणीहरू