यता सकियो, अब उताको पालो

यता सकियो, अब उताको पालो

भारतसँग जोडिएको मुलकको सुदूरपश्चिममा रहेको सीमानाका गड्डाचौकी ७२ घण्टाकसम्म बन्द हुने भएको छ ।

भारतको उत्तराखण्ड राज्यको चम्पावत विधानसभा क्षेत्र–५५ को उपनिर्वाचनको निम्ति सीमानाका बन्द गरिन लागेको हो ।

आगामी शनिबार बेलुकी ५ बजेदेखि मंगलबार बेलुकी ५ बजेसम्म गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग जोडिएका क्षेत्रको सीमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ ।

उक्त अवधिमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिएका छन् ।

टिप्पणीहरू