स्वयम्भू पछाडि काँग्रेसको जुलुस र आमसभा

स्वयम्भू पछाडि काँग्रेसको जुलुस र आमसभा

नेपाली काँग्रेसले आज नागार्जुन नगरपालिकामा विजय जुलुस निकालेको छ । काँग्रेस नागार्जुन नगर समिति चुनाव प्रचारप्रसार मूल समारोह समितिको आयोजनामा सीतापाइलाबाट जुलुस निकालिएको हो ।

जुलुसमा नेपाली काँग्रेसबाट नागार्जुन नगरपालिकामा नवनिर्वाचित प्रमुख मोहनबहादुर बस्नेतसहित वडा नम्बर १,४,६,९,१० का निर्वाचित वडा अध्यक्षहरु, सदस्य, क्षेत्रीय पदाधिकारी, पार्टीका विभिन्न तहका नेता, नगर कमिटीका सभापतिलगायत सयौंको सहभागिता रहेको छ ।

र्याली सीतापाइलाबाट शुरु भएर स्वयम्भू, ठूलोभर्याङ, गैरीगाउँ, रानिबन, इचङ्गुनारायण, हरिसिद्धी, डाँडापौवा, रामकोट, भीमढुङ्गा, स्युचाटर हुँदै पुनः सेरतापाइलामा आएर समापन हुने बताइएको छ । समापन समारोहलाई पार्टी महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू